बेसीशहर । लमजुङमा पहिलो पटक नीजि क्षाेत्रबाट जिल्लाको समृद्धिका लागि बहस शुरु भएको छ । लमजुङबाट प्रकाशन हुने लमजुङ दर्पण दैनिकको १० औं बार्षिकोत्सवका अवसरमा लमजुङमा समृद्धिको बहस भएको हो ।
मंगलबार बेसीशहरमा आयोजना भएको बार्षिकोत्सवक कार्यक्रममा जिल्ला न्यायाधीश शिवप्रसाद खनालले लमजुङ जल, जमीन र जंगलमा अब्बल र धनी भएकालेले यिनको संरक्षण र सम्बद्र्धन गरी यिनको दीगो उपयोगिताबाट लमजुङको विकास र समृद्धि हासिल गर्न सकिने बताए ।
सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले राजनीतिक परिवर्तन भइ संघीयता र नयाँ संविधान जारी हँुदासमेत देशले विकास र समृद्धि हुन नसक्नुले राजानीतिक दल र नेताहरुलाई गम्भीर भएर सोच्न बाध्य बनाएको बताए । उनले २०७२ मा निर्माण गरेको संविधान अनुरुप देशमा ठिक ढंगले काम हुन नसक्नु राजनीतिक दल र नेताहरुको कमजोरी रहेको बताए ।
कार्यक्रममा क्ब्होलाासोथर गाउँपालिकाका अध्यक्ष सुर्यप्रसाद गुरुङले देशलाई समृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य, कृषि, जलश्रोत र पर्यटनको विकासमा जोड दिए । उनले अझै पनि थुप्रै गाउँहरु सडक सञ्जालसंग जोडिन नसकेको चर्चा गर्दै विकासका पूर्वाधार जनताबीच नपुगेसम्म विकास र समृद्धि हासिल हुन नसक्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान सांसद धनञ्जय दवाडीले ‘लमजुङको सम्बृद्धि यात्रा कसरी तय गर्ने ?’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि वेनबहादुर सूयल र किसान संगीत नेपालीले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।
लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, उपप्रमुख बुना रिमाल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका सचिव कृष्णबहादुर अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगर कार्य समितिका सभापति कृष्णबहादुर राउत, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल, विषय विज्ञ डा. बालकृष्ण बराल, नेपाल बार लमजुङ वार इकाइका अध्यक्ष बृद्धिसागर बराल लगायतले लमजुङ जिल्लाको समृद्धिका लागि गर्न सकिने कामको बारेमा मन्तब्य राखेका थिए ।
वक्ताहरुले मोफसलमा रहेर दैनिक पत्रिका प्रकाशनको निरन्तरता, विश्विासनियता, गुणस्तरता कायम गर्न सक्नु चुनौती पुर्ण कार्य रहेको बताए । वक्ताहरुले निवर्तमान सांसद दवाडीको कार्यपत्रले
विकास सम्बिन्धि मोडेल, लमजुङको विकास र आर्थिक पक्षका सम्भावना, सम्बन्धित क्षेत्रको पहिचान र समग्रमा विकासको मार्गचित्रण प्रदान गरेको बताएका थिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमल, सशस्त्र प्रहरी नायव उपरिक्षक मानबहादुर शाही, अनुसन्धान प्रमुख धिरज बानिया लगायत जिल्लास्थित विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।