काठमाडाैं, २३ जेठ । राजधानी काठमाडौंमा आज भएको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ ।
प्रदर्शनको क्रममा घाइते भइ उपचारका लागि अस्पताल भर्ना भएका प्रदर्शनकारीमध्ये काठमाडौंको ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, काठमाडाैं मेडिकल कलेजमा १ जना र शिक्षण अस्पतालमा १ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रदर्शनका क्रममा प्रहरीले हानेको गोली लागी गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
सामाजिक न्याय, जवाफदेहिता र सुशासनकाे माग गर्दै २८ बर्ष मुनीका युवाहरुको पुस्ता जेनजीले आज राजधानीसहित प्रमुख शहरहरुमा आन्दोलन घोषणा गरेको थियो । आन्दोलनमा प्रहरी दमन भएपछि हिंसात्मक रुप लिन पुगेको हो ।
प्रदर्शनका क्रममा घाइते भएका डेढसय बढी प्रदर्शनकारीको काठमाडाैंका बिभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।
खबरकुञ्ज