जिउँदाे सहिदकाे रूपमा चिनिएका मुकेश कायस्थलाइ राष्ट्रिय सहिद घाेषणा

 काठमाडौं, जेठ २ गते।

सरकारले  दाेस्राे जनअान्दाेलनका घाइते भइ जिउँदाे सहिदकाे रूपमा चिनिएका काभ्रेका मुकेश कायस्थलाइ राष्ट्रिय सहिद घाेषणा गरेकाे छ।

२०६२–०६३ काे जनअान्दाेलनमा भाग लिँदा प्रहरीले चलाएकाे गाेली लागेर घाइते भएका मुकेशकाे गत बैशाख २८ गते निधन भएकाे थियाे । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

२०६२–०६३ काे लाेकतान्त्रिक जनअान्दाेलनमा सहभागी भएका बनेपा नगरपालिका वडा नंं ८ का मुकेशलाइ २०६२ चैत २८ गते प्रहरीले चलाएको गोली लागेकाे थियाे । गाेली उनकाे कञ्चटमा लागेकाे थियाे । त्यसपछि उनी मृत्यु पर्यन्त अर्धचेतमा थिए । उनकाे अवस्था देखेर उनलाइ जिउँदाे सहिदकाे उपमा दिइएकाे थियाे ।

प्रतिक्रिया