लोकतन्त्रको शुद्धीकरण अभियान सुरु भइसक्याे, याे क्रम अब राेकिँदैनः प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणकाे सफल अनुसन्धानपछि उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको बताएका छन् ।

प्रतिनिधि सभाकाे बुधवारकाे वैठकमा सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले नक्‍कली भुटानी शरणार्थी काण्‍डमा सरकारले कानुन र लोकतन्त्रको सर्वोच्चता प्रमाणित गरेको दावी गरे । उनले भने 'याे प्रकरणबाट उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ ।'

प्रधानमन्त्रीले बालुवाटारकाे प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको भन्दै लोकतन्त्रको शुद्धीकरण अभियान सुरु भएको र याे क्रम अब नराेकिने बताए । उनले भने–'वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ ।'

प्रधानमन्त्री प्रचण्डले ‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश र लाेकतन्त्र अघि बढ्न नसक्ने भन्दै कुनै पनि मूल्य चुकाएर पनि विकृतिको डुंगुर भत्काइछाड्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया