बेसीशहर । लमजुङका पुराना फोटोग्राफर दिनेश कुमार श्रेष्ठ शनिबार सम्मानित भएका छन् ।
लमजुङ फोटोग्राफर संघको तेस्रो साधारण सभाका अवसरमा श्रेष्ठलाइ सम्मान गरिएको हो । विगत तीन दशकदेखि लमजुङको बेसीशहरमा रहेर फोटोग्राफी ब्यवसाय गर्दै आएका श्रेष्ठलाइ लमजुङमा फोटोग्राफी क्षेत्रको विकासका लागि योगदान गरेबापत सम्मानित गरिएको हो ।
संघको साधारण सभाका अबसरमा बेसीशहरमा शनिबार भएको कार्यक्रममा संस्थाका अध्यक्ष मिलन शर्मा दनाइ र संस्थाका सल्लाहकार जे.बि. लामाले श्रेष्ठलाइ दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मानित गरेका हुन् ।
फोटोग्राफर श्रेष्ठ हाल पेशाबाट निवृत भएका छन् । संघले यस अघिको साधारण सभामा पेशाबाट निवृत भएका बेसीशहरका नरहरि वाग्लेलाइ पनि सम्मान गरेको थियो ।
साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक बर्ष २०८०/०८१ मा फोटोग्राफी यात्रा, फोटोग्राफी तालिम सञ्चालन गर्ने निर्णय गरेको संघका उपाध्यक्ष तीर्थ गुरूङले बताए ।