सरकारी र सार्वजनिक जग्गाकाे संरक्षणका लागि राइनासमा साझा प्रतिबद्धता

लमजुङ, जेठ ९ गते । लमजुङकाे राइनास नगरपालिकामा सरकारी र सार्वजनिक जग्गाकाे पहिचान गरी तिनकाे संरक्षणकाे अभियान थालिएकाे छ ।

राइनास नगरपालिकामा साेमबार नगर प्रमुख खडकबहादुर गुरूङकाे अध्यक्षतामा बसेकाे सार्वजनिक जग्गाकाे प्राप्ती, किटानी र सार्वजनिकीकरण सम्बन्धमा बसेकाे वैठकले पालिकाभित्रका सार्वजनिक तथा सरकारी जग्गाकाे पहिचान गरि फिल्ड प्रमाणीकरणा गरी तिनकाे संरक्षणका विषयमा छलफल भएकाे थियाे ।


वैठकमा पालिकास्तरीय प्रमुख एवं प्रतिष्ठित व्यक्तिहरू जिल्ला प्रशासन कार्यालय,  जिल्ला समन्वय समिति, मालपोत कार्यालय, नापी कार्यालय, वन कार्यालय समेतका प्रमुख एवं प्रतिनिधिहरूकाे उपस्थितिमा छलफल र अन्तरक्रिया गरि साझा प्रतिवद्वता जनाइएकाे छ ।

राइनास नगरपालिकाकाे कार्यालयमा भएकाे कार्यक्रममा सहभागीले सार्वजनिक जग्गा पहिचान र संरक्षणमा एउटै साझा संकल्प गरेका कार्यक्रममा सहभागी राइनासका समाजसेवी कृष्णराज अाेलियाले जानकारी दिए ।


वैठकमा सार्वजनिक जग्गाकाे पहिचान र संरक्षणमा ७ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरिएकाे छ ।

राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले वैठकमा गरिएकाे प्रतिबद्धता अनुसार सार्वजनकि जग्गाको रेखाङ्कन, सिमाङ्कन कार्य पालिकाभित्र पूणर् रुपमा लागू गर्न र यसको शुरुवात नगरपालिकाको केन्द्र वडा नंं ५ तीनपिप्लेबाट शुरुवात गर्ने प्रतिबद्धता जनाइएकाे बताए । उनका अनुसार याे अभियान शुरूमा जनप्रतिनिधिहरुको साँध सिमानाबाट शुरु गर्ने र सबै सार्वजनिक पद धारण गरेका ब्यक्ति, राज्यकोषबाट पारिश्रमिक एवं निवृतिभरण सुविधा लिने ब्यक्तिहरुले स्वतःस्फूर्त रुपमा आमोद कमोद गरेको सार्वजनिक जग्गा त्याग गरेको घोषणा गर्ने प्रतिबद्धता  वैठकमा जनाइएकाे छ ।

पालिकाभित्रका सवै राजनीतिक दलले आफनो नगरस्तरीय एवं वडास्तरीय समितिमार्फत निणर्य गरी यस कार्यमा सबैलाई सहयोग गर्न अपील गर्ने र अभियानमा सक्रिय सहभागी जनाउने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक जग्गाकाे रेखाङ्कन, सिमाङ्कन गर्ने कार्यमा कसैले बाधा अवरोध नगर्ने, बाधा विरोध गर्नेलाई कानुनी कारबाही गर्न सबैले नगरपालिकालाई सहयोग गर्ने र सार्वज्निक जग्गा नापजाँचमा प्रयोग भएको सीमास्तम्भको संरक्षण सँधियारले गर्ने प्रतिबद्धता जनाइएकाे छ ।

सार्वजनिक जग्गाको यकीन तथ्याङ्क लिई यसको उपयोग सम्बन्धी मापदण्ड नगरपालिकाले सरोकारवालाको सुझाव सहित तयार गर्ने प्रमुख प्रशासकीय अधिकृत सुयलले जानकारी दिए ।

प्रतिक्रिया