लमजुङमा चक्कु प्रहार गरी साथीकाे हत्या, एकजना पक्राउ

बेसीशहर, जेठ २ गते ।

अाफ्नै छिमेकी तथा संगै काम गर्ने साथीलाइ चक्कु प्रहार गरी हत्या गरेकाे अभियाेगमा लमजुङमा एक युवा पक्राउ परेका छन् ।

लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ८ मा पर्ने  लाङ्दी स्थित मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साईडमा मजदुरी गर्ने खोटाङ घर भएका बर्ष २९ अर्जुन रम्तेल पक्राउ परेका हुन् । उनले खोटाङ जिल्ला घर भएका अाफ्नै छिमेकी बर्ष २५ का सुनिल श्रेष्ठलाई चक्कु प्रहार गरी हत्या गरेकाे अभियाेग छ ।

प्रहरीका अनुसार गत बैशाख २९ गते राती करीब १० बजे रम्तेलले श्रेष्ठलाइ चक्कु प्रहार गरी घाइते बनाएकामा घाइते श्रेष्ठलाइ स्थानीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि पाेखरा लैजाँदै गर्दाराती १ बजे मृत्यु भएकाे थियाे ।

घटनामा संलग्न अर्जुन रम्तेललाइ कास्की प्रहरीकाे सहयाेगमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याइ अनुसन्धान थालिएकाे छ । जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार मृतक सुनिल श्रेष्ठ छिमकी हुन्, दुबै जनाले
मिदिम खोला जलविद्युत आयोजनाको ड्याम साईडमा मजदुर काम गर्दथे । उनीहरू दुबै जना आयोजनाको ड्याम साईडको क्याम्पमा संगै बस्ने गरेको र उक्त दिन राती घरायसी कुरामा बिबाद हुँदा अर्जुन रम्तेलले आफ्नो साथी सुनिल श्रेष्ठलाई चक्कु प्रहार गरी घाईते बनाएका थिए, केही घण्टा पछि निजको मृत्यु भएको थियो ।

घटना पश्चात पोखरा गएका रम्तेललाई जिल्ला प्रहरी कार्यालय, कास्की, जिल्ला प्रहरी कार्यालय, लमजुङ र ईलाका प्रहरी कार्यालय, भोर्लेटारको संयुक्त टोलीले कास्की जिल्ला अन्तर्गत पोखराबाट शनिबार बिहान पक्राउ गरी बेसीशहर ल्याइएकाे हाे । उनलाइ आईतबार अदालतमा म्याद थपको लागि उपस्थित गराउने तयारी भई रहेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

प्रतिक्रिया