काठमाडाैं ।
सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाएको छ। नेपाल अायल निगमले डिजेलको मूल्य घटाएपछि सरकारले लामो दूरीमा चल्ने यात्रुबाहक र मालबाहक दुवै सवारीसाधनमा लाग्ने भाडा घटाएको हो।
मगलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।
डिजेलकाे मूल्य घटेपछि यातायात ब्यवस्था विभागले अन्तर-प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३.२ प्रतिशतले घटाएकाे छ । सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गर्ने गरिन्छ । सरकारले गत असारमा भाडादर ताेकेकाे थियाे । त्यतिबेला डिजेलकाे मूल्य १७२ रूपैयाँ प्रतिलिटर थियाे ।
नेपाल अायल निगमले मंगलबार डिजेल र मटितेलकाे मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाएर १५५ रूपैयाँ प्रतिलिटर कायम गरेपछि यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको जनाएकाे छ।
सार्वजनिक यातायातकाे भाडादर घटाइएकाे भने पनि सार्वजनिक यातायातका सवारीले भने पुरानै भाडा लिइरहेका छन् ।
यातायात ब्यवस्था विभागले २०७८ चैत १७ काे निर्णय अनुसार बैज्ञानिक भाडा दर प्रणाली लागू गरी यस अन्तर्गत स्वचालित रूपमा अन्तरप्रदेश सार्वजनिक यातायातकाे भाडादर समायाेजन गर्ने गरेकाे छ ।
यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको हाे।
नयाँ कायम भएकाे भाडादर हेर्न यहाँ क्लिक गर्नुहाेस्।