नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना बिरूद्ध मुद्दा दायर

काठमाडाैं, जेठ १० । नक्कली भुटानी शरणार्थी प्रकरणमा जाेडिएका उच्च पदस्थ नेता र कर्मचारीसहित ३० जनाविरुद्ध  अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकील कार्यालय काठमाडाैंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सभासद अाङटावा शेर्पासमेत ३० जनालाइ राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेसमेत गरी चार वटा कसुरमा अभियोग लगाइ मुद्दा दायर गरेकाे हाे ।

यस प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंकबहादुर गुरुङ, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी,  शम्शेर मिया, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दिपा हुमागाँई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापासमेतबाट २८ कराेड बिगाे माददावीसहित जिल्ला अदालत काठमाडाैंमा मुद्दा दायर गरिएकाे हाे ।


प्रतिक्रिया