काठमाडाैं । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुहरूकाे बयान शुक्रबारबाट सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो ।
यो प्रकरणमा मुछिएका भनि ३० जना बिरूद्ध मुद्दा दायर भएको थियो । प्रहरीले यस प्रकरणमा संलग्न १६ जनालाइ पक्राउ गरी अावश्यक अनुसन्धान गरेर जिल्ला सरकारी वकील कार्यालयलाइ मुद्दाकाे प्रतिवेदन बुझाएकाे थियाे ।
यस प्रकरणमा दाेषी देखिएका १४ जना भने फरार रहेकाले पक्राउ परेकाे १६ जनाकाे मात्र बयान शुरु भएकाे हाे ।
बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुने कानुन ब्यवसायीहरूले बताएका छन् ।
26 May 2023