मदन भण्डारीकाे हत्याबारे समयक्रमले खाेजी गर्छः एमाले अध्यक्ष ओली

काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सपनाहरू पूरा गर्न नपाउँदै मदन भण्डारी र जीवराज आश्रितको हत्या गरिएको बताएका छन् । उनले पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको ‘हत्या’ बारे समयक्रमले खोजी गर्ने भन्दै हत्याकाण्डकाे सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरेका छन् ।

मदन भण्डारीकाे ३० औं स्मृति दिवसका अवसरमा बल्खुस्थित पुरानाे पार्टी कार्यालयमा अायाेजित कार्यक्रममा बाेल्दै उनले ‘नयाँ नेपाल, समृद्ध र सुखी नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै रहेकाले त्याे पुरा गर्ने जिम्मेवारी उनका उत्तराधिकारीहरूकाे हुने बताए ।

अध्यक्ष ओलीले मदन अाश्रितकाे हत्या भएको सम्बन्धमा उमेश गिरीकाे अन्तर्वार्ताकाे स्मरण गर्दै समयक्रममा हत्याकाण्डकाे सत्यतथ्य बाहिर आउने विश्वास गरे ।

साे कार्यक्रममा अध्यक्ष ओलीले देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको र सत्ता गठबन्धनकाे नेतृत्व गरेकाे कांग्रेस पार्टी किंकर्तव्यविमूढ भएकाे भन्दै कांग्रेसलाई ‘हावा न चावा’को पार्टी भनि टिप्पणी गरे । उनले भने– ‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको ! मलाइ त कांग्रेसलाइ कुनै राजनीतिक दलकाे संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो।’ 

उनले कांग्रेसले देशलाइ दिशानिर्देश गर्न नसकेकाे र अाफै कहाँ जाने भन्ने ठेगान नभएकाे पार्टीकाे रूपमा ब्याख्या गरे । कांग्रेसका नेताहरूले देशलाइ सही बाटाेमा अगाडि बढाउने बिषयमा सोच्न नसकेका भन्दै देश बनाउने अभिभारा  एमालेले मात्रै पुरा गर्नु पर्ने अवस्था रहेकाे बताए ।

प्रतिक्रिया