लउबासंघका नवनिर्वाचित पदाधिकारीकाे पदस्थापन, विपिन श्रेष्ठ भए महासचिव

बेसीशहर, माघ ३ गते । लमजुङ उद्योग बाणिज्य सँघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरुले पदभार ग्हण गरेका छन् ।

संघको सचिवालयमा बुधबार एक औपचारिक कार्यक्रमका विच नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको पदस्थापन गरिएको हो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष गुणराज सिलवालले नवनिर्वाचित अध्यक्ष भरतकुमार श्रेष्ठलाई र श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाइ पदस्थापन गरेका हुन् । सोही अवसरमा अध्यक्ष सिलवालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई संस्थाको माइन्युट हस्तान्तरण गरी पदभार गराएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले पदस्थापन भएका सम्पूणर् पदाधिकारीलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै थला परेको जिल्लाको ब्यवसाय प्रवद्र्धन गरी चलायमान बनाउन संघको नयाँ नेतृत्वले भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष सिलवालले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्बन्धित सबैमा धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वले संघको गरिमालाई थप उचाइमा लैजाँदै ब्यवसायिक हक हितका लागि काम गर्न शुभकामना दिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रमोद कुमार श्रेष्ठ, रामकुमार श्रेष्ठ, राजेश थापा, पूर्व कार्यबहाक अध्यक्ष रामबाबु श्रेष्ठलगायतले नयाँ समितिलाई बधाइ ज्ञापन गर्दै दुई दशकपछि सर्वसम्मतिले निर्वाचित भएको संघको नयाँ कार्य समितिले ब्यवसायीहरुका पक्षमा काम गर्ने विश्वास ब्यक्त गरे ।

पदस्थापन कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष श्रेष्ठले सबै ब्यवसायीहरुको सद्भाव र भरोसाले संघमा सर्वसम्मत रुपमा आफूहरु निर्वाचित हुन सकेको भन्दै सबै ब्यवसायी र अग्रजहरुको विश्वास र भरोसा अनुसार सबैसंग समन्वय र सहकार्य अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । 

संघका निवर्तमान अध्यक्ष गुणराज सिलवालको अध्यक्षतामा भएको पदस्थापन कार्यक्रममा संघका पूर्व कार्य समितिका पदाधिकारी, उद्योगी ब्यवासायीहरुको उपस्थिति थियो ।



यसैबीच संघको नवनिर्वाचित समितिको पहिलो वैठकले संघका महासचिवमा विपिन श्रेष्ठलाई चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले कोषाध्यक्षमा भरत बहादुर विष्ट कुताल र उपमहासचिवमा मानकृष्ण आचार्यलाई चयन गरेको हो ।

प्रतिक्रिया