गण्डकी प्रदेश सरकारले ल्यायाे ३२ अर्ब ९६ करोडकाे बजेट

खबरकुञ्ज

पोखरा, असार १ गते । आर्थिक बर्ष २०८१/०८२ का लागि गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९६ करोड ८५ लाख बजेट सार्वजनिक गरेको छ । 

गण्डकी प्रदेश सभामा प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरूङले  चालुतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोड बजेट विनियोजन गरेको जानकारी दिए । उनले प्रस्तुत गरेको बजेट चालुतर्फ ३९ प्रतिशत र पूँजीगततर्फ ६० प्रतिशत छ । यो बजेट अघिल्लो बर्षको तुलनामा ८५ करोडले कम हो ।

बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले पूर्वाधारमा धेरै बजेट विनियोजन गरिएको र कृषि, पर्यटन, र खानेपानीमा पनि जोड दिएर बजेट ल्याएको बताए । उनले व्यावसायिक कृषिमार्फत उत्पादन र रोजगारमा जोड दिइएको जानकारी दिए । 

प्रदेश सरकारको बजेट पेश गर्दै मन्त्री गुरुङले १२ अर्ब ७० करोड रूपैयाँ भौतिक पूर्वाधार क्षेत्रमा बिनियोजन गरेको जानकारी दिँदै गाँजा खेतीको बाटो खोल्ने र कृषि कर्जामा बजेटले जोड दिएको बताए ।

उनले बजेट तर्जुमा गर्दा सरकारका नीति तथा कार्यक्रम, आवधिक योजनाको लक्ष्य सिद्धान्त र प्राथमिकताबीचको सामन्जस्यतालाई जोड दिएको बताए । “आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशबासी” भन्ने सोचका साथ दोश्रो पञ्चबर्षिय योजनाले तय गरेको विकासको मार्गचित्र पुरा गर्न उत्पादन र उत्पादकत्वमा बृद्धि, रोजगारी सृजना, प्रदेशबासीको हित अभिबृद्धि तथा प्रदेशको समग्र विकासमा बिशेष जोड दिएको उनले बताए ।

प्रदेशको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै साविजनिक र निजी क्षेत्रको सहभागितामा लगानी प्रबद्र्धनमा जोड दिई बजेट तर्जुमा गरेको मन्त्री गुरुङले बताए ।

मन्त्री गुरुङले आर्थिक बर्ष २०८०/८१ मा प्रदेशको आर्थिक बृद्धिदर आधारभूत मूल्यमा ४.२३ प्रतिशत र उपभोक्ता मूल्यमा ४.५५ प्रतिशत हुने र गत र्आिर्थक बर्ष यस्तो बृद्धिदर दर क्रमशः ३.६९ र ३.३० प्रतिशत रहेको जानकारी दिए । उनले चालु आर्थिक बर्र्ष २०८०/८१ मा प्र देशको कूल ग्राहस्थ उत्पादन रू .५ खर्ब १६ अर्ब ७० करोड रहने अनुमान गरिएको बताए । आर्थिक बर्ष  २०७९/८० मा राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदेशको योगदान क्रमशः ८.९६ प्रतिशत रहेकोमा २०८०/८१ मा यस्तो योगदान ९.१ प्रतिशत रहने अनुमान गरिएको उनले बताए  ।

गुणस्तरीय पूविधार तथा उत्पादनमा अभिबृद्धि, रोजगारी तथा आयमा बृद्धि, मानव पूँजी निर्माण, विकासका लाभको समन्यायीक वितरण स्थापित गर्नु, सामाजिक न्याय र समुन्नति हासिल गर्नु तथा गणस्तरीय साविजनिक सेवा प्रवाह मार्फत सुशासन अभिबृद्धि गर्नु बजेटको उद्देश्य रहेको चर्चा गरे । 

दीगो र उत्थानशील पूर्वाधारण निर्माण, आय उत्पादन र रोजगारीमा बृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र  गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रबद्र्धन, गुणस्तरीय सेवा प्रवाह र तहगत सम्बन्ध बजेटका प्राथमिकता रहेको मन्त्री गुरुङले चर्चा गरे ।

बजेटको पूणर्पाठका लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस् ।

२०८१/०८२ का लागि गण्डकी सरकारकाे बजेट

प्रतिक्रिया