बेसीशहर, चैत १४ गते । नेकपा एमाले लमजुङको ९ औं जिल्ला अधिवशेनको लोगो र जिंगल सार्वजनिक गरिएको छ । नेकपा एमाले नवौँ जिल्ला अधिवेशन प्रचारप्रसार उपसमितिले बुधबार बेसीशहशरमा पत्रकार सम्मेलनमार्फत जिल्ला अधिवेशनको लोगो र जिंगल सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष टुका हमाल, लमजुङ इन्चार्ज रामशरण बस्नेत, पालिका इन्चार्ज जमीन्द्रमान घले, प्रदेश सदस्य धनञ्जय दवाडी, जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी र प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण केसीले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका थिए । 
नेकपा एमालेले लमजुङमा यहि चैत १६–१७ मा ९ औं जिल्ला अधिवेशन गर्दैछ । अधिवशेनलाई मध्यनजर गर्दै प्रचार–प्रसार उपसमितिले लोगो निर्माण गरेको नेकपा एमाले प्रचार–प्रसार उपसमितिका संयोजक कृष्ण के.सी.ले जानकारी दिए ।
लोगोमा लमजुङ जिल्लाको पृष्ठभूमिका साथै पर्यटन र जलश्रोतलाई जोड दिईएको छ । लमजुङ हिमालको फेदमा नेकपा एमालेको झण्डा र चुनाव चिन्ह सूर्य अंकित छ ।
पत्रकार सम्मेलनमा संयोजक केसीले नवौँ जिल्ला अधिवेशनका क्रममा सबै प्रतिनिधिलाई अधिवेशनका विभिन्न सूचनाहरु मोवाइलमै जानकारी पाउने गरी ब्यवस्था मिलाइएको बताए । अधिवेशनको समाचार संकलन र प्रकाशन गर्न पत्रकारहरुलाई सहज होस भनि मिडिया डेस्क स्थापना गरिने र अधिवेशनको उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने र अधिवेशन सम्पन्न भए पश्चात पुनः पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिए ।
नेकपाप एमाले लमजुङको नवौं अधिवेशमाका लागि कृष्ण केसीको संयोजकत्वमा सह–संयोजक नवीवनराज कुर्इँकेल र किसान संगीत नेपाली, आश गुरुङ, कृष्णबहादुर आले, अनुज अधिकारी, विक्रम न्यौपाने, डिबि मजाकोटी, सुरज गुरुङ, श्रीकला भण्डारी र सरोज विश्वकर्मा सदस्य रहेको मा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
खबरकुञ्ज