रुकुमपश्चिममा जीप दुर्घटना, ५ काे मृत्यु, १० जना घाइते

काठमाडाैं, जेठ ११ गते । रुकुम पश्चिमको दुली भन्ने स्थानमा अाज बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सानीभेरी गाउँपालिका–३ घ्युढुंगाबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जीप  बाँफिकोट गाउँपालिका वडा नं.–८ मा पर्ने दुली भन्ने स्थानमा बिहान पाैने ८ बजेतिर दुर्घटनामा परेकाे हाे । 


दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाकाे अवस्था गम्भिर रहेकाेले उपचारका लागि हेलिकाेप्टरबाट काठमाडाैं पठाइएकाे बाँफिकाेट गाउँपालिकाका ८ का वडा अध्यक्ष धनबहादुर खत्रीले जानकारि दिए ।

दुर्घटनामा मृत्यु हुनेमा  रेखा केसी, उनका २२ दिनको छोरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, ५ कै कर्णे बाँठामगर र शितला केसी रहेका वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतिक्रिया