पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रदेश सभामा प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथ कार्यक्रम मार्फत प्रदेशभित्र यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने सरकारले उद्घोष गरेको छ ।
खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने प्रदेश प्रमुखले बताए ।
प्रदेशभित्र रहेका अस्पतालहरुको स्तरोन्नतिका लागि गरिएको अध्ययन प्रतिवेदनका आधारमा विभिन्न अस्पतालहरुको स्तरोन्नति गरिने र पोखरामा सुविधा सम्पन्न बाल अस्पताल निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै भरतपुर क्यान्सर अस्पतालसहित अन्य अस्पतालहरुसंग सम्झौता गरी सबै खाले क्यान्सरको उपचारमा थप १ लाख रुपैयाँसम्मको आर्थिक सहयोग उपलब्ध गराइने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रमकाे पूर्ण पाठ
नीति तथा कार्यक्रमकाे पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेस् ।