लाेकतन्त्रवादी पत्रकारहरूकाे संगठन नेपाल प्रेस युनियन लमजुङको अध्यक्षमा सन्तोष पौडेल निर्विरोध निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन लमजुङको सातौँ साधरणसभा एवं अधिवेशनले नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्षसमेत रहेका पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हाे ।
नव गठित समितिको उपाध्यक्षमा घनबहादुर घिमिरे, समावेशी उपाध्यक्षमा श्याम सित्तल परियार, सचिवमा शिक्षा पन्त र कोषाध्यक्षमा रविना गुरुङलाइ चयन गरेकाे छ । सदस्यमा खुलातर्फ शिकाल पौडेल, महिलातर्फ शोभा ठकुरी, सरिता सुनार, आदिवासी जनजातितर्फ सञ्जय गुरुङ चयन भएका छन् । खुला सदस्य २ जना, आदिवासी जनजाति महिला सदस्य र अल्संख्यक, अपांगता तथा पिछडिएको क्षेत्रबाट १ जना सदस्य पछि थप गरिने बताइएकाे छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिवेशनकाे उद्घाटन गरेका थिए । युनियनका जिल्ला अध्यक्ष ऋषि अधिकारीको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिका सभापति टंकराज अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रमेश कुमार पाण्डे, नेपाली काँग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङ, निवर्तमान जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव नरहरी सापकोटा, गण्डकी प्रदेशका सचिव प्रकाश ढकाल, गण्डकी प्रदेश समितिका कोषाध्यक्ष सन्देश पौडेल लगायत उपस्थित थिए ।