रेशम चाैधरी रिहाबारे रास्वपाकाे विराेध, राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई रिहा गर्न लागिएकोमा विरोध जनाएको छ । उक्त पार्टीेले सरकाले उनलाइ योजनाबद्ध रुपमा कैदमुक्त गर्न लागेको भन्दै याे आममाफीको मर्मविपरित र पीडितका सन्दर्भमा पीडादायी भएको ठहर गरेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा रेशमको सजाय माफी दिएका छन् । रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सरकारको याे कदम पूर्वाग्रही,आममाफीको मर्मविपरित र पीडितका सन्दर्भमा पीडादायी भएको बताएका हुन् ।

 विज्ञप्तीमा कुनै पनि आन्दोलन प्रति रास्वपाको बिमति नरहेको तर राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन नसक्ने भन्दै कुनै पनि अपराधको निरुपण निष्पक्ष न्यायीक प्रकृयाबाट हुनु हुनुपर्नेमा जोड दिइएको छ ।

हेर्नुहाेस्, रास्वपाकाे विज्ञप्ती


प्रतिक्रिया