बेसीशहर, चैत १५ गते । नेपाल मौरीपालक महासंघ जिल्ला शाखा लमजुङको १० औं बार्षिक साधारण सभा एवं सातौ जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले ध्रुबकुमार दुराको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ ।
उदीपुरको जनकल्याण माविमा नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुभासचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा बुधराज थापा,, उपाध्यक्षमा रीता पौडेल बुढाथोकी, र प्रेम विनोद वि.क, महासचिवमा बेनबहादुर गुरुङ, सचिवमा लोकनाथ अधिकारी र कोषाध्यक्षमा डम्मर गुरुङलाई चयन गरेको छ ।
अधिवेशनबाट जिल्ला कार्य समितिको सदस्यमा तुलबहादुर गुरुङ, लालसुब्बा गुरुङ, जनक दुरा, खेमलाल अधिकारी, कृष्णमाया अधिकारी, टकराज थापा मगर, धनबहादुर गुरुङ, कालु दुरा र सुनिता विष्ट लोहनी चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि घिमिरेले नेपालमा मौरीपालक किसानहरु उपेक्षामा परेको बताए । उनले जैविक विविधतामा मौरीको अन्त्यन्त ठूलो भूमिका रहने चर्चा गर्दै मौरीले परागसेचनमा खेल्ने भूमिकाका कारण कृषि उत्पादनमा बृद्धि हुने भए पनि मौरीपालन उपेक्षामा परेको बताए ।
विश्वका अधिकांश देशमा परागसेचनमा सहयोग पु¥याए बापत मौरीपालक किसानलाई राज्यले रोयल्टी दिने गरे पनि नेपालमा मौरी पाल्नेहरुलाई उपेक्षा गरिएको उनको भनाइ थियो । उनले मह खान मीठो र पोषिलो भए पनि मौरीपालनको महत्व राज्यलाई बुझाउन कठिन परेको अनुभव सुनाए । उनले मौरीपालनलाई रैथाने बाली र संस्कृतिसंग जोड्नुपर्नेमा जोड दिए ।

बेसीशहर नगरपालिका वडा नंं १ का वडा अध्यक्ष दुर्गाबहादुर बुढाथोकीले मौरीलाई माया गरे मात्र मौरीले फल दिने भन्दै मौरीपालक किसानहरु ब्यवसायीक बन्न सके पैसा कमाउनैका लागि विदेश जान नपर्ने बताए । उनले मौरीपालक महासंघको अधिवेशनको सफलताको कामना गर्दै लमजुङ जिल्लालाई मौरीमय बनाउन शुभकामना दिए ।

नेपाल मौरीपालक महासंघ लमजुङका कार्यबहाक अध्यक्ष ओमकुमारी थापाका अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरीपालक महासंघका केन्द्रीय कोषाध्यक्ष जनकबाबु तिवारी, संस्थापक जिल्ला अध्यक्ष हरिकृष्ण तिवारी, मौरीपालक महासंघ ण्डकी प्रदेशका वरीष्ठ उपाध्यक्ष धु्रबकुमार दुरा, जोन संयोजककेशबहादुर गुरुङ, प्रधामन्त्री कृषि आधुनिकीकरणपरियोजना लमजुङका प्राविधिक नविन श्रेष्ठ, मौरीपालक किसान ीितता पौडेल, बोधराज थापा, बुद्धिलाल आले लगायतले मन्तब्य राखेका थिए ।
खबरकुञ्ज