–किरण कुँवर
हरेक आर्थिक बर्षको अन्तिम असार महिना -
किसान पनि बर्ष भरी
खाने अन्न फलाउन खेत रोपाइँमा ब्यस्त हुने समय। बैंक बित्तीय संस्था र सहकारीहरु पनि आफ्नो बर्ष भरिको लगानीको प्रतिफल उठाउने समय । सबैलाइ कामको चापाचाप छ, दौडादौड छ । उचित लगानीको
प्रतिफल सबैले आशा गरे पनि सोचे बराबरको कसैले
पनि प्राप्त गर्न सक्दैन ।
गीत नै छ नि "सोचेझै जिन्दगी रै'नछ ।"
त्यसैले बर्तमान बित्तीय बजारमा गरिएको लगानी अत्यन्तै जोखिमपूर्ण रहदै आएको छ । क बर्गको बैंक देखि सहकारी सम्म को लगानीमा किस्ता त परै जावोस ब्याज पनि अशुल हुन गर्न कठिनाइ भै रहेको छ । कर्जा लिएर नतिर्ने ऋणिहरु बढदै जादा NRB को गभर्नर साब ऋण लिए पछि तिर्न पर्छ भन्दै विभिन्न फोरमहरुमा भन्दै हिड्नु पर्ने परिस्थिति सिर्जना भएको छ । फटाहा चोर र डाँका प्रवृत्तिकाहरु ऋण तिर्नु पर्दैन भन्दै ऋणिहरुलाई उक्साउनु र दलबलका साथ हिड्दा पनि सरकार मौन दर्शक र रमिते बनेको छ ।
भुकम्प र कोरोना अबस्थामा बैंक बढी प्रभावित थिए भने अहिलेको अबस्थामा यो बित्तीय संकट साकोसहरुमा बढी देखिएको छ । किनकि राम्रो ब्यबस्थापन नभएको सहकारीको कमजोरी र लापरबाहीबाट सिर्जित बचत फिर्ताको अभावको प्रभाव बाट अन्य साकोसहरु पनि अछुतो रहन सकेका छैनन् ।
पत्रकार तथा युट्युबरहरुको बढाइ चढाइ समाचारहरुको कारण साकोसप्रति बचतकर्ताहरुको बिश्वास टुट्न गएको छ र धमाधम बचत फिर्ता गर्ने लर्को चढ्नु सरकारको पनि अबिस्वास्नियता हो । यस्तो अबस्थामा साकोसहरुले असार महिनालाई बिशेष जोड दिएर लगानीको संरक्षण गर्ने गुणस्तरमा सुधार गर्ने र सदस्यहरुको पिर मर्का समस्य बुझेर ऋणलाई नियमित र अनुशासित बनाउन बिशेष त ब्यबस्थापन बढी लाग्नु पर्ने देखिन्छ ।
साकोसको ब्यबस्थापन
, ऋणको गुणस्तर सुधार र ब्याज असुलीलाई प्रभाबकारी बनाउन केही सुझावहरु :-
१. सबै ऋणि सदस्य
हरु लाई भेट्नु होस र सन्चो बिसन्चो बुझ्नुहोस् ।
२. सदस्यको पेशा
ब्यबसायको अबस्था बुझ्नुहोस् , समस्या र कठिनाइ
जान्नुहोस् ।
३. सदस्य को समस्या
को समाधान बुझ्नु होस् र खोज्नुहोस् ।
४. कर्जाको बाँकी रहेको कर्जालाई
सेवा शुल्क नलिइ कन कर्जाको पुनतालिकिकरण गरेर सानो किस्ता बनाएर नियमित गर्नुहोस् ।
५. पुनसंरचना र
पुन तालिकिकरणबाट ऋण असल बर्गमा परे पनि right
back भएको आयलाई LLP प्रोभिजन नै गर्नुहोस् ।
त्यसलाई आय मानेर नाफामा गणना नगर्नुहोस् ।
६. किस्ता र ब्याज
रोकिएको overdue Loan को असार मसान्तसम्म अशुली भएमा ब्याजको 20% सम्म छुट दिनु होस् ।
७. प्राप्त हुन बाँकी सबै ब्याज मात्र आयो भने पनि ब्याज को १०% छुट दिनु होस्।
८. सदस्यहरुले असार
मसान्तसम्म तिर्नु पर्ने भाखा म्यादमा तिर्न
नसक्ने भएमा कारण खोलेर निवेदन दिन लगाउनुहोस् । अनि बाँकी साँवालाई कर्जा नीति बमोजिम प्रक्रिया पूरा गरेर सेवा शुल्क बिना नै कर्जाको
पुनः सरचना गर्नुहोस् ।
९. भाखा नाघेको खराब कर्जाको कहिले पनि ब्याज गाबेर नवीकरण नगर्नु होस। यसो गर्नु भयो भने संस्था
डुबाउनु भयो ।
१०. सहकारी संस्था
सदस्यहरुलाई सेवा दिन संचालन गरिएको ब्यबसाय हो । सेवा दिन खोलिएको ब्यबसायले सेवा शुल्क लिनु हुदैन । यो सहकारीको मर्म र
भावना बिपरित हो।
यो नाफा मुखी होइन
। सदस्यहरुलाई सेवा दिदा आर्थिक
कारोबार हुन्छ । त्यसबाट केही बचत हुन आउँछ ।
त्यही बचतलाई लगानीको अनुपातमा न्यायिक रुपमा बचतको
बाँड्फाड हुने गर्दछ ।
११. साकोसहरुमा
साहुहरु र ग्राहकहरु उनै हुन्छन् । त्यसैले आफैले आफैलाइ सेवा दिदा केको सेवा शुल्क ? बरु सेवा दिदा कागज पत्रहरु खर्च हुन्छ र कर्मचारीको श्रम मुल्य पर्ने भएकोले
त्यसलाइ ब्यबस्थापन शुल्कको रुपमा नगन्य ०.५% सम्म तोक्न सकिन्छ ।
१२. कर्जा नीति हरेक बर्ष पुनरावलोकन गरि आबस्यकता बमोजिम संशोधन गर्ने ।
१३. बचत सकलन तथा
भुक्तानी नीतिमा सबै बचत योजनाको बिशेषताको ब्यबस्था गरि समय सापेक्ष बचत योजनाको बिबिधिकरण गर्ने वा अन्वेषण गर्ने वा संसोधित रुपमा बिकास गर्ने र बचत परिचालन गर्ने ।
१४. कर्जा तथा बजार
बिभाग, कर्जा जोखिम बिभाग, असुली तथा अनुगमन /
सुपरिवेक्षण बिभाग मार्फत कर्जा सेवा ब्यबस्थापन
गर्न जोड दिने ।
१५. सदस्य भनेका
साहु मालिक राजा भगवान जे भन्दा नि हुन्छ
। सदैब उनिहरुको मन जित्न सक्नु पर्छ । बिश्वास दिलाउन सक्नु पर्छ ।
१६. साकोस को ब्यबस्थापन पेशेवर ब्यबस्थापकबाट गर्नु पर्छ।
१७. संचालकहरुबाट
ब्यबस्थापन गरिएको साकोसमा नै अहिले समस्या आएका छन् । अध्यक्ष नै कार्यकारी प्रमुख हुने वा अध्यक्ष नै
सर्बेसर्बा भएको संस्था खासै सफल भएको देखिदैन।
१८. संचालक नीति
निर्माणकर्ता र कर्मचारी ब्यबस्थापनकर्ता भन्ने नबुझ्ने सहकारीको हालत खराब हुँदै गएको देखिन्छ ।
१९. साकोसको अनुगमन प्रणाली - पर्ल्सलाई अनुसरण नगर्दा पनि दुर्घटनामा धेरै सहकारी परेको देखिन्छ ।
२०. संचालक शिक्षाको अभाव र कर्मचारीको सक्षमता तथा कार्यकुशलताको अभाबले पनि संस्थाको राम्रो
ब्यबस्थापन हुन सकेको छैन ।
२१. हरेक बर्ष को जेष्ठ १५ गते भित्र आगामी आ.ब. को लागि ब्यबस्थापनबाट बार्षिक बजेट तयार गरि संचालक समितिले व्यापक छलफल गरि असार १५ भित्र पास गरेर श्रावण १ गते बाट प्रस्तावित योजना बजेट कार्यान्वयन गर्नुपर्छ।
२२. संस्थाको
ब्यबस्थापनले योजना बजेट लक्ष्य हासिल गर्न रणनीतिक
योजनाहरु तथा कार्यनीति तयार गर्नु पर्नेछ ।
आदि ।
सुन्दर बजार न पा ८
भोटेओडार, लमजुङ
(लेखक सहकारी विज्ञ हुन्)