यसरी गर्न सकिन्छ सहकारीकाे सुधार

किरण कुँवर

हरेक आर्थिक बर्षको अन्तिम असार महिना -

किसान पनि बर्ष भरी खाने अन्न फलाउन खेत रोपाइँमा ब्यस्त हुने समय। बैंक बित्तीय संस्था र सहकारीहरु पनि आफ्नो बर्ष भरिको लगानीको प्रतिफल उठाउने समय । सबैलाइ कामको चापाचाप छ, दौडादौड छ । उचित लगानीको प्रतिफल सबैले आशा गरे पनि सोचे बराबरको कसैले पनि प्राप्त गर्न सक्दैन ।

गीत नै छ नि "सोचेझै जिन्दगी रै'नछ ।"


त्यसैले बर्तमान बित्तीय बजारमा गरिएको लगानी अत्यन्तै जोखिमपूर्ण रहदै आएको छ । क बर्गको बैंक देखि सहकारी सम्म को लगानीमा किस्ता त परै जावोस ब्याज पनि अशुल हुन गर्न कठिनाइ भै रहेको छ । कर्जा लिएर नतिर्ने ऋणिहरु बढदै जादा NRB को गभर्नर साब ऋण लिए पछि तिर्न पर्छ भन्दै विभिन्न फोरमहरुमा भन्दै हिड्नु पर्ने परिस्थिति सिर्जना भएको छ । फटाहा चोर र डाँका प्रवृत्तिकाहरु ऋण तिर्नु पर्दैन भन्दै ऋणिहरुलाई उक्साउनु र दलबलका साथ हिड्दा पनि सरकार मौन दर्शक र रमिते बनेको छ ।

भुकम्प र कोरोना अबस्थामा बैंक बढी प्रभावित थिए भने अहिलेको अबस्थामा यो बित्तीय संकट साकोसहरुमा बढी देखिएको छ । किनकि राम्रो ब्यबस्थापन नभएको सहकारीको कमजोरी र लापरबाहीबाट सिर्जित बचत फिर्ताको अभावको प्रभाव बाट अन्य साकोसहरु पनि अछुतो रहन सकेका छैनन् ।

पत्रकार तथा युट्युबरहरुको बढाइ चढाइ समाचारहरुको कारण साकोसप्रति बचतकर्ताहरुको बिश्वास टुट्न गएको छ र धमाधम बचत फिर्ता गर्ने लर्को चढ्नु सरकारको पनि अबिस्वास्नियता हो । यस्तो अबस्थामा साकोसहरुले असार महिनालाई बिशेष जोड दिएर लगानीको संरक्षण गर्ने गुणस्तरमा सुधार गर्ने र सदस्यहरुको पिर मर्का समस्य बुझेर ऋणलाई नियमित र अनुशासित बनाउन बिशेष त ब्यबस्थापन बढी लाग्नु पर्ने देखिन्छ ।



साकोसको ब्यबस्थापन , ऋणको गुणस्तर सुधार र ब्याज असुलीलाई प्रभाबकारी बनाउन केही सुझावहरु :-

१. सबै ऋणि सदस्य हरु लाई भेट्नु होस र सन्चो बिसन्चो बुझ्नुहोस् ।

२. सदस्यको पेशा ब्यबसायको अबस्था बुझ्नुहोस् , समस्या र कठिनाइ जान्नुहोस् ।

३. सदस्य को समस्या को समाधान बुझ्नु होस् र खोज्नुहोस् ।

४. कर्जाको बाँकी रहेको कर्जालाई सेवा शुल्क नलिइ कन कर्जाको पुनतालिकिकरण गरेर सानो किस्ता बनाएर नियमित गर्नुहोस् ।

५. पुनसंरचना र पुन तालिकिकरणबाट ऋण असल बर्गमा परे पनि right back भएको आयलाई LLP प्रोभिजन नै गर्नुहोस् । त्यसलाई आय मानेर नाफामा गणना नगर्नुहोस् ।

६. किस्ता र ब्याज रोकिएको overdue Loan को असार मसान्तसम्म अशुली भएमा ब्याजको 20% सम्म छुट दिनु होस् ।

७. प्राप्त हुन बाँकी सबै ब्याज मात्र आयो भने पनि ब्याज को १०% छुट दिनु होस्।

८. सदस्यहरुले असार मसान्तसम्म तिर्नु पर्ने भाखा म्यादमा तिर्न नसक्ने भएमा कारण खोलेर निवेदन दिन लगाउनुहोस् । अनि बाँकी साँवालाई कर्जा नीति बमोजिम प्रक्रिया पूरा गरेर सेवा शुल्क बिना नै कर्जाको पुनः सरचना गर्नुहोस् ।

९. भाखा नाघेको खराब कर्जाको कहिले पनि ब्याज गाबेर नवीकरण नगर्नु होस। यसो गर्नु भयो भने संस्था डुबाउनु भयो ।

१०. सहकारी संस्था सदस्यहरुलाई सेवा दिन संचालन गरिएको ब्यबसाय हो । सेवा दिन खोलिएको ब्यबसायले सेवा शुल्क लिनु हुदैन । यो सहकारीको मर्म र भावना बिपरित हो।

यो नाफा मुखी होइन । सदस्यहरुलाई सेवा दिदा आर्थिक कारोबार हुन्छ । त्यसबाट केही बचत हुन आउँछ । त्यही बचतलाई लगानीको अनुपातमा न्यायिक रुपमा बचतको बाँड्फाड हुने गर्दछ ।

११. साकोसहरुमा साहुहरु र ग्राहकहरु उनै हुन्छन् । त्यसैले आफैले आफैलाइ सेवा दिदा केको सेवा शुल्क ? बरु सेवा दिदा कागज पत्रहरु खर्च हुन्छ र कर्मचारीको श्रम मुल्य पर्ने भएकोले त्यसलाइ ब्यबस्थापन शुल्कको रुपमा नगन्य ०.५% सम्म तोक्न सकिन्छ ।

१२. कर्जा नीति हरेक बर्ष पुनरावलोकन गरि आबस्यकता बमोजिम संशोधन गर्ने

१३. बचत सकलन तथा भुक्तानी नीतिमा सबै बचत योजनाको बिशेषताको ब्यबस्था गरि समय सापेक्ष बचत योजनाको बिबिधिकरण गर्ने वा अन्वेषण गर्ने वा संसोधित रुपमा बिकास गर्ने र बचत परिचालन गर्ने ।

१४. कर्जा तथा बजार बिभाग, कर्जा जोखिम बिभाग, असुली तथा अनुगमन / सुपरिवेक्षण बिभाग मार्फत कर्जा सेवा ब्यबस्थापन गर्न जोड दिने ।

१५. सदस्य भनेका साहु मालिक राजा भगवान जे भन्दा नि हुन्छ । सदैब उनिहरुको मन जित्न सक्नु पर्छ । बिश्वास दिलाउन सक्नु पर्छ ।

१६. साकोस को ब्यबस्थापन पेशेवर ब्यबस्थापकबाट गर्नु पर्छ।

१७. संचालकहरुबाट ब्यबस्थापन गरिएको साकोसमा नै अहिले समस्या आएका छन् । अध्यक्ष नै कार्यकारी प्रमुख हुने वा अध्यक्ष नै सर्बेसर्बा भएको संस्था खासै सफल भएको देखिदैन।

१८. संचालक नीति निर्माणकर्ता र कर्मचारी ब्यबस्थापनकर्ता भन्ने नबुझ्ने सहकारीको हालत खराब हुँदै गएको देखिन्छ ।

१९. साकोसको अनुगमन प्रणाली - पर्ल्सलाई अनुसरण नगर्दा पनि दुर्घटनामा धेरै सहकारी परेको देखिन्छ ।

२०. संचालक शिक्षाको अभाव र कर्मचारीको सक्षमता तथा कार्यकुशलताको अभाबले पनि संस्थाको राम्रो ब्यबस्थापन हुन सकेको छैन ।

२१. हरेक बर्ष को जेष्ठ १५ गते भित्र आगामी आ.ब. को लागि ब्यबस्थापनबाट बार्षिक बजेट तयार गरि संचालक समितिले व्यापक छलफल गरि असार १५ भित्र पास गरेर श्रावण १ गते बाट प्रस्तावित योजना बजेट कार्यान्वयन गर्नुपर्छ।

२२. संस्थाको ब्यबस्थापनले योजना बजेट लक्ष्य हासिल गर्न रणनीतिक योजनाहरु तथा कार्यनीति तयार गर्नु पर्नेछ ।

आदि ।

सुन्दर बजार न पा ८

भोटेओडार, लमजुङ

(लेखक सहकारी विज्ञ हुन्)

 

प्रतिक्रिया