जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कार्वाही गर्न नागरिक समाजकाे अाग्रह

बेसीशहर, जेठ २ गते ।

नागरिक समाज लमजुङले भ्रष्टाचार जस्ता जघन्य अपराधमा संलग्न जाेकाेहीलाइ पनि कारबाही गर्न सरकारलाइ अाग्रह गरेकाे छ । नागरिक समाज लमजुङले साेमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ ज्ञापन पत्र पठाउँदै यस काण्डमा संलग्न भएकाहरू पक्राउ पर्नुले अाम जनतामा अाशा पलाएकाे जनाएकाे छ ।

समाजले यस प्रकरणसहित विभिन्न भ्रष्टाचारमा संलग्नहरूलाई कार्वाहीको माग गर्दे विगतमा पनि भष्ट्रचार सम्बन्धी मुद्दाहरू बाहिर आउने गरे पनि भ्रष्टाचारीहरूलाइ कारबाही नहुँदा सरकारप्रति जनताकाे विश्वास घट्दै गएकाे स्मरणा गराएकाे छ । सरकारले अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका अाशंकमा उच्च पदस्थ नेता र कर्मचारीलाइ पक्राउ गरी अनुसन्धान थालेकाेमा खुशी ब्यक्त गर्दै समाजले यस कार्यले जनतामाअाशाकाे सञ्चार भएकाे भन्दै यस प्रकरणलाइ निष्कर्षमा पुर्याउन अाग्रह गरेकाे छ ।

यतिबेला सरकारले इतिहास रच्ने वेला आएको भन्दै नागरीक समाजले  सबै भ्रष्टाचारी र अपराधीहरुलाइ कार्बाही गर्ने प्रणका साथ काम गर्न गृहमन्त्रीलाई अाग्रह गरेकाे छ । जनचाहना अनुसार प्रधानमन्त्री र गृहमन्त्रीले आफुलाइ नमुना बनाएर काम गरेर देखाउन अाग्रह गर्दै यसाे गर्न सकिए देश बचाउन सकिने ज्ञापन पत्रमा भनिएको छ ।

नागरीक समाज लमजुङका अगुवा डा. बालकृष्ण बरालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीले लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाइ ज्ञापन पत्र बुझाएकाे थियाे ।

प्रतिक्रिया