रास्वपा लमजुङको प्रथम जिल्ला अधिवेशन, सापकोटा जिल्ला सभापति पदमा निर्वाचित

खबरकुञ्ज

बेसीशहर, जेठ २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन आइतबार बेसीशहरमा सम्पन्न भएको छ । अधिवेशनले अशोक सापकोटालाई पुनः जिल्ला सभापति पदमा निर्वाचित गरेको छ ।

आइतबार बेसीशहरमा भएको जिल्ला अधिबेशनमा सभापति पदमा ५ जना, उपसभापति, सचिव र सहसचिव पदमा ३–३ जना उमेदवार खडा भएका थिए । नेतृत्व चयनमा सर्वसम्मति हुन नसकेपछि निर्वाचन गरिएको थियो । २ सय १६ जना प्रतिनिधिमध्ये १७४ जना निर्वाचनमा सहभागी भएका थिए । 

निर्वाचनबाट उपसभापतिमा सन्तोषी गौली, सचिवमा मीना खड्का र सहसचिवमा गोविन्द घले निर्वाचित भए । सदस्यहरुमा सविता अधिकारी बराल, श्याम गुरुङ, सुरेन्द्रलाल श्रेष्ठ र सिंहबहादुर घले निर्वाचित भए । 


सभापति पदमा अशोक सापकोटाले ६९, भोला शर्माले ४९, हरि बहादुर धितालले ३३, विजय रञ्जन श्रेष्ठले १६ र नवराज पहाडीले ७ मत पाए । रास्वपाको बिधान अनुसार सभापति पदमा विजयी हुन कूल खसेको मतको ५० प्रतिशत मत प्राप्त गर्नुपर्नेमा कुनै पनि उमेदवारले निर्धारित मत नपाए पछि बढी मत ल्याउने दुई उमेदवारबीच पुनः निर्वाचन गराउनु पर्ने थियो । तर सहमतितमा दोस्रो स्थानमा रहेका भोला शर्माले पुनः मतदानमा नजाने निर्णय गरेपछि सापकोटा सभापति पदमा निर्वाचित भएको घोषणा गरिएको हो । 

अधिवेशनको उद्घाटन रास्वपाका केन्द्रीय सदस्य प्रदीप पाण्डे र प्रतिनिधि सभा सदस्य धर्मराज केसीले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया