मर्स्याङदी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम गाउँ अधिवेशन

मिलन शर्मा दनाई

बेसीशहर, जेठ १८ । लमजुङको मर्स्याङदी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम गाउँ अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै भब्य रुपले सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँ अधिवेशनले चन्द्रप्रसाद घिमिरेको नेतृत्वमा नयाँ गाउँ समिति सर्बसम्मतिले निर्वाचित गरेको हो ।

गाउँ समितिको उपसभापतिमा सुदिप अधिकारी, सचिवमा सन्तोष गुरूङ र सहसचिमा दीपक भणडारी चयन भएका छन् ।

गाउँ समितिका सदस्यहरुमा भीष्मकान्त पौडेल, शोभा थापा र प्रेम तामाङ चयन भएका छन् । बाँकी सदस्य पछि चयन गरिने बताइएको छ ।

अधिवेशनले भद्रमोहन थापालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि, बुद्धिबहादुर तामाङलाई प्रदेश अधिवेशन प्रतिनिधि र महेन्द्र बहादुर थापालाई जिल्ला अधिवेशन प्रतिनिधि चयन गरेको निर्वाचन संयोजक एवं जिल्ला कार्य समितिका सदस्य सोविता अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया