बेसीशहर, जेठ १८ गते । लमजुङको राईनास नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम नगर अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । आइतबार सम्पन्न नगर अधिवेशनले धनबहादुर गुरुङको सभापतित्वमा नयाँ नगर समिति सर्बसम्मतिले निर्वाचित गरेको हो ।
नगर समितिको उपसभापतिमा अर्चना खड्का सचिवमा बासु पाठक र सहसचिवमा संगीता परियार निर्वाचित भएका छन् ।
नगर समितिका सदस्यहरुमा हरीकला पन्थी, जीवनराज घिमिरे, सुरेश रानाभाट, दिलबहादुर तिवारी, रामजी बास्कोटा, मेनुका थापा,अनिल प्रसाद कट्टेल, सरिता ढुंगेल, दुर्गा प्रसाद पराजुली चयन भएका छन् ।
नगर अधिवेशनले महेश अधिकारी, सर्मिला विक र विनोद चिलुवाललाई जिल्ला अधिवेशन प्रतिनिधि, सन्दिप पाण्डेलाई प्रदेश अधिवेशन प्रतिनिधि र शुभनाथ चिलुवाल र ओमबहादुर गुरुङलाई केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ ।
१८ जेठ २०८३, सोमबार