पार्टी स्थापना दिवसकाे पूर्व सन्ध्यामा रास्वपाद्वारा बेसीशहरमा सरसफाइ, मृगाैला राेगीलाइ सहयाेग

लमजुङ । स्थापनाकाे पहिलाे बार्षिकाेत्सव बिबिध कार्यक्रमका साथ मनाउने उद्घाेष गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लमजुङ सदरमुकाम बेसीशहरमा सरसफाइ गरेकाे छ ।

रास्वपा बेसीशहर नगर कार्य समितिकाे अायाेजना र वडा नंं ७ वडा कार्य समितिकाे अगुवाइमा बेसीशहर ७ मा रहेकाे जनविकास मा.वि. र वडा नं. ८ मा रहेकाे जिल्ला अस्पतालमा सरसफाइ गरिएकाे हाे।


रास्वपा लमजुङका सहसंयाेजक अशाेक सापकाेटा, बेसीशहर नगर कार्य समितका सभापति कृष्णबहादुर राउत, बेसीशहर वडा नंं ७ वडा कार्य समितिका सभापति राजकुमार घिमिरेसहित वडा नं. ७, ८, ९, २ का रास्वपा सदस्यहरूले जनविकास मावि र अस्पतालकाे सरसफाइ गरेका हुन् ।

लमजुङकै सर्वाधिक विद्यार्थी संख्या रहेकाे जनविकास माविकाे प्रांगणमा जथाभावी छरिएका प्लाष्टिक, कागजपत्र, पातपतिंगर  रासवपाका सदस्यहरूले सफा गरेका थिए । 


उनीहरूले विद्यालयकाे शाैचालयसमेत सरसफाइ गरेका छन् । सयाैं विद्यार्थीहरूले प्रयाेग गर्ने शाैचालय फाेहाेर भएर बसेकाेमा सरसफाइ पछि सिनित्त सफा भएकाे छ । त्यस्तै उनीहरूले जिल्ला अस्पताल परिसरमा पुगेर अस्पताल परिसरमा उनीहरूले सरसफाइ गरेका छन् । 


सरसफाइ अभियानकै क्रममा सहभागीहरूले स्वतस्फूर्त रूपमा बेसीशहर ७ का मृगाैला राेगी चन्द्रप्रसाद गुरूङलाइ नगद ६ हजार ५ सय सहयाेग संकलन गरी परिवारलाइ हस्तान्तरण गरेका रास्वपा लमजुङका सहसंयाेजक अशाेक सापकाेटाले जानकारी दिए ।


गत बर्ष असार ७ गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले २१ सिटका साथ संसदमा चौथो पार्टीको रुपमा स्थापित भएको छ । पार्टीका स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सप्ताहब्यापी रुपमा मनाउने केन्द्रीय कार्यक्रम अनुसार लमजुङका विभिन्न स्थानहरुमा असार १ गते नगर, गाउँ र वडसमितिहरुले बृक्षारोपण गरेका थिए। 

रास्वपाले स्थापना दिवसका अवसरमा असार १ गते बृक्षारोपण, असार २ गते वडा भेला, ३ गते  सामुदायकि विद्यालय र अस्पतालहरूमा सरसफाइ र ५ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया