माइती जाँदै गरेकी चेलीकाे गलाबाट सुनकाे सिक्री लुट्ने एकजना पक्राउ

बेसीशहर । माइती जाँदै गरेकी एक चेलीकाे गलाबाट सुनकाे सिक्री लुट्ने एक युवकलाइ लमजुङ प्रहरीले पक्राउ गरेकाे छ ।

तनहुँको भानु नगरपालिका–७ घर भएका ३० बर्षिय श्यामचन्द्र खतिवडा सुनकाे सिक्री चाेरेकाे अभियाेगमा पक्राउ परेका हुन् । साेमबार पाेखराबाट लमजुङकाे राइनास नगरपालिका ६ धमिलीकुवास्थित माइतीतर्फ जाँदै गरेकी लक्ष्मी नेपालीकाे गलाबाट साेमबार राइनास नगरपालिका वडा नं. ६ काे जंगलमा  उनले सुनकाे सिक्री लुटेका थिए ।

सुनकाे गहना लगाउने जाेकाेहीलाइ लुट्ने याेजना बनाएर जंगलमा ढुकेर बसेका उनले साेमबार दिउसाे ४ बजेतिर एक्लै जंगलमा हिँडीरहेकी लक्ष्मी नेपालीलाइ देखेपछि उनकाे गलाबाट सुनकाे सिक्री लुटेर भागेका थिए ।

घट्ना लगत्तै लक्ष्मीले स्थानीयलाइ घट्नाबारे बताइन् । स्थानीयकाे सल्लाहमा उनले प्रहरीमा तुरून्तै खबर गरिन् । धमिलीकुवा चाैकीका प्रहरीले केहिबेरको खोजतलासमै घटनास्थल नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए । पक्राउ परेका खतिवडाबाट लक्ष्मीबाट लुटिएकाे १ ताेला २१ लालकाे सुनकाे सिक्री समेत बरामद भएकाे उनले बताए ।

पक्राउ परेका खतिवडालाइ मंगलबार प्रहरीले अदलातमा बुझाएकाे छ । जिल्ला अदालत लमजुङबाट निजलाइ ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए । 

प्रहरी निरीक्षक रेग्मीले मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको जानकारी दिए ।

प्रतिक्रिया