बेसीशहर, कार्तिक ५ गते ।
बडादसैंको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विशेष पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीले असुरराज शुम्भको बध गरेको दिनको रूपमा लिइने भएकाले यस दिनको विशेष महत्त्व रहेको छ ।
यस दिन दसैंघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ ।
आजका दिन देशभरका शक्तिपीठहरूमा पञ्चबलीसहित दुर्गा भवानीको बिशेष पूजा भइरहेको छ । काठमाडौंको गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, लमजुङ कालिका, गोरखा कालिका, बाग्लुङ कालिका लगायत मन्दिरहरुमा बलिसहित पूजा आजा गर्नेहरूको बिहानैदेखि भीड लागेको छ ।
५ कार्तिक २०८०, आईतबार