काठमाडाैं । नेपाली चलचित्र अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लिएर नखेलेकाे भन्दै उनी बिरूद्ध प्रहरीमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।
केसीलाई शुक्रबार भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। केसीलाई आपराधिक विश्वासघात गरेको अभियाेग छ ।
अभिनेता केसी बिरूद्ध चन्द्रकला कटवाल थापाले प्रहरीमा जाहेरी दिएकी थिइन् । रावायण नामकाे फिल्म खेल्नका लागि उनले १० लाख रुपैयाँ केसीकाे खातामा रकम हालेकाे तर फिल्म खेल्न र सम्झौता गर्न नमानेको भन्दै उनले उजुरी दिएकी थिइन्।
उजुरी परेपछि प्रहरीले दुबै पक्षलाई छलफलका लागि बोलाएकाेमा पटक-पटक बोलाउँदा पनि केसी छलफलमा नगएपछि पक्राउ गरिएकाे बुझिएकाे छ ।
१२ असोज २०८०, शुक्रबार