बेसीशहर, जेठ ५ गते । लमजङु जिल्लामा हुलाक सेवा मार्फत राहदानी वितरण सम्बन्धी प्रक्रिया सुरु भएको छ । नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचूीबाट हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विस्तार गर्दै राहदानी, लाइसेन्स र नागरिकताको प्रतिलिपि लगायतका सरकारी कागजातहरू हुलाक सेवा मार्फत क्रमशः नागरिकको घर सम्म नै पुर्याउने नीति लिए अनुसार लमजुङमा पनि हुलााक सेवा मार्फत राहदानी वितरणको कार्य प्रारम्भ गरिएको हो ।
जिल्ला हुलाक कार्यालय लमजङुका प्रमुख एवं हुलाक अधिकृत श्याम विक्रम न्यौपानेका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङ र जिल्ला हुलाक कार्यालय लमजुङका बीचमा २०८३ बैशाख २९ गते हुलाक सेवा मार्फत घरघरमा नै राहदानी ढुवानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो सँगै लमजुङमा हुलाक सेवा मार्फत राहदानी वितरणको प्रक्रिया सुरु भएको कार्यालय प्रमुखन्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार अब राहदानीका लागि आवेदन पेस गर्ने सेवागा्रहीले हुलाक सेवामार्फत घरमा नै राहदानी लिन चाहेमा राहदानीका लागि आवेदन पेस गरिसकेपछि ताेिकएको ढाँचामा विवरण भरि हुलाक कार्यालयलाई निवेदन दिन सक्नेछन् । यसरी निवेदन पेस गर्ने निवेदकहरूको राहदानी हुलाक सेवामार्फत सम्बन्धित सेवागा्रहीको घरमा नै उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
यो लमजुङ जिल्लाभर एकै पटक लागु हुनेगरी सेवा सरुु गरिएको हुलाक अधिकतृ न्यौपानेले बताए । उनका अनुसार यसरी हुलाक मार्फत राहदानी लिन चाहने सेवाग्राहीको आवेदन सङ्कलन कार्य २०८३ वैशाख ३० गतेबाट नै सुरु भएको छ ।
आवेदन दिने नागरिकहरूको पासपोर्ट राहदानी विभागबाट तयार भएर आउनासाथ सम्बन्धित व्यक्तिको घरमा नै पठाउने व्यवस्था गरिएको पनि हुलाक अधिकृत न्यौपानेले जानकारी दिए ।
खबरकुञ्ज