बेसीशहर, बैशाख २७ । सरकारको शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचि अनुसार जिल्ला हुलाक कार्यालय लमजुङले कार्यालयको हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कागजातहरु सेवाग्राहीको घरघरै पु¥याउने तयारी थालेको छ ।
जिल्ला हुलाक कार्यालय लमजुङका प्रमुख श्यामबिक्रम न्यौपानेले विद्यमान हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विस्तार गर्दै राहदानी, लाइसेन्स र नागरिकताको प्रतिलिपि लगायतका सरकारी कागजातहरू हुलाक सेवा मार्फत क्रमशः नागरिकको घर सम्म नै कार्यको छिटैे कार्यान्वयन हुने जानकारी गराएका हुन् ।
यस सन्दर्भमा कार्यालयले मातहतका पालिका हुलाक कार्यालय र कर्मचारीसँग हाल कार्यालयको कामको समीक्षा गर्दै कार्यालयको जनशक्ति व्यवस्थापन र थपिएको जिम्मेवारीबारे छलफल गरिएको थियो। कार्यालय प्रमुख न्यौपानेले अब छिटै सरकारी कागजातहरु पनि सेवाग्राहीको घरदैलोमै पु¥याउने काम पनि हुलाकले गर्नुपर्ने भन्दै यसको तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए । उननले हुलाकलाई विश्वसनीय र छिटोछरितो सरकारी कुरियर सेवाका रूपमा विस्तार गर्न भइरहेको तयारीका बारेमा जानकारी समेत गराएका थिए ।
जिल्ला हुलाक कार्यालयको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा जिल्ला हुलाक तथा मातहतका हुलाक कार्यालयका प्रतिनिधि कर्मचारीहरु सहभागी थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग समन्वय गरेर राहदानी, सवारी चालक अनुमतिपत्र, नागरिकताको प्रतिलिपिलगायत सरकारी कागजात हुलाकमार्फत नागरिकको घरसम्म पु¥याउने सेवा जिल्लाभर एकैपटक सुरु गर्ने निर्णय गरिएको छ ।
जिल्ला हुलाक कार्यालय लमजुङका प्रमुख तथा हुलाक अधिकृत न्यौपानेले आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउँदै सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए। उनका अनुसार सेवा सुरु भएपछि नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको जानकारी दिए ।
खबरकुञ्ज